Nepal Purbadhar

धरान देखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रम दान, हुदैछ काठमाडौं क्षेत्र नम्बर ४ धोबीखोला सरसफाइ


काठमाडौ ।धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन्।

अभियानमा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्यसँगै स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ। अमात्यका अनुसार पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो। पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए।

यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले जानकारी दिए। साथै, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत , कहिले सकिएला काम ?

Read Next

‘विद्युत् विकासको विगत चुनौतीका पहाड छिचोल्दै निजी क्षेत्र’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar