Nepal Purbadhar

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन


काठमाडौ । औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित नेपाल औषधी व्यवसायी संघले औषधी व्यवस्था विभागमा प्रदर्शन गरेको छ । व्यवसायीहरूले “केही नेपाल संशोधन ऐन २०८२ मा पसल दर्ता एवं नवीकर सन्दर्भमा गरिएको व्यवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरूले नेपालको संविधान २०७२ को धारा १७ (२) च ( अधिकार र स्वतन्त्रता), धारा ३३ ( रोजगारीको हक) र धारा २० (८) (न्याय पाउने अधिकार) ले प्रत्येक नागरिकलाई समान अवसर, न्याय र संरक्षणको अधिकार सुनिश्चित गरेको दाबी गर्दै प्रशासनिक ढिलाइ वा न्यूनतम त्रुटिका कारण आम व्यवसायीको जीविकामाथि प्रत्यक्ष प्रहार गर्ने व्यवस्था संविधानको आत्माविपरीत छ रहेको बताएका छन्। ”उक्त प्रावधानले संविधानको धारा १८(१) मा उल्लेखित समानताको अधिकार तथा धारा २५(१) अन्तर्गतको निजी सम्पत्तिको संरक्षण अधिकार समेत उल्लङ्घन गर्दछ र व्यवसाय रद्ध हुनु भनेको व्यवसायीको सम्पत्ति र जीविकामाथि अवैध प्रहार हो,”उनीहरुले भनेका छन् ।


तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

डेडिकेटेड ट्रंकलाइन: हुलास स्टीलले तिर्‍यो दोस्रो किस्ताबापत ५० लाख ४३ हजार

Read Next

एसेम्बल उद्योगलाई व्यापारिक ग्राहकमा राखेर छुट बिल काट्ने निर्णय पुनर्विचार हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar