
काठमाडौं । हुलास स्टील उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेबापत दोस्रो किस्ता तिरेको छ ।
हुलास स्टीलले इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ताबापत तिरेको हो । उद्योगले पहिलो किस्ता ५० लाख ४३ हजार रुपैयाँ तिरेको छ ।
सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७५ साल माघदेखि २०७५ बैशाख महिनासम्मको प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उद्योगले २८ किस्ताको सुविधा लिएर पहिलो र दोस्रो किस्ता तिरेको हो ।
प्राधिकरणका अनुसार हुलास स्टील पहिलो र दोस्रो किस्ता तिर्ने पहिलो उद्योग हो ।
लामो समयदेखि उद्योगी र विद्युत प्राधिकरणबीच विवादका रुपमा रहेको डेडिकेटेड ट्रंकलाइन समाधानतिर गएको छ । उद्योगीहरुले बक्यौता तिर्न थालेसंगै समाधानतिर गएको हो । दोस्रो किस्ता समेत तिर्न थालेकाले अब कुनै विवाद नरहेको प्राधिकरणका कर्मचारीहरुको भनाई छ । उनीहरुका अनुसार अरु कम्पनीहरु पनि दोस्रो किस्ता तिर्न तयार छन् ।









