
काठमाडौं । संघीय संसद् सचिवालयले गत भदौ २३ र भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दद्यवनका क्रममा चोरिएका सामान फिर्ता मागेको छ ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा चोरिएका सामानहरू फिर्ता गर्न आग्रह गरेको हो ।
सूचनामा भनिएको छ,’प्रिन्टर,स्क्यानर,क्यामेरा,टेलिभिजन,माइक,स्पिकर,फोटोकपि मेसिन,मोनिटरलगायतका मालसामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ । यस्ता मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन अनुरोध गरिन्छ ।’
साथै, सचिवालयले यस्ता सामानहरू लगेको भिडियो भएमा पनि उपलब्ध गराएर सहयोग गरिदिन अनुरोध गरेको छ । सूचनामा भनिएको छ,’भिडियो/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।’
