Nepal Purbadhar

यातायात विभागले भन्यो-असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि दण्ड/जरिवाना हुँदैन


काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीसाधनलाई तुरुन्तै जरिवाना गर्ने योजना नरहेको जनाएको छ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा सवारीधनीहरूलाई आफूलाई सहज हुने समयमा स्वेच्छाले नम्बर प्लेट जडान गर्न आग्रह गरिएको छ।

हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले दर्ता, नामसारी र नवीकरणको प्रक्रियामा असोज १ गतेदेखि इम्बोस्ड प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। सो निर्णय सार्वजनिक भएपछि विभिन्न पक्षले चासो र असन्तुष्टि व्यक्त गरेका थिए।

विभागले इम्बोस्ड नम्बर प्लेटबारे फैलिएका भ्रम गलत भएको दाबी गरेको छ। विज्ञप्तिअनुसार नम्बर प्लेट तोकिएको मापदण्डअनुसार गुणस्तरीय रहेको र सवारीसम्बन्धी सम्पूर्ण विवरण विभागकै परिसरमा सुरक्षित रहने प्रावधान गरिएको छ।

99cf0bb1-ec0a-4c45-879d-95a1e1f3e4e8_1

यससँगै, प्लेटमा प्रयोग हुने अंग्रेजी लिपि सम्बन्धी विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मङ्सिर २७ गते नै कुनै कानुनी समस्या नरहेको निर्णय गरिसकेको विभागले स्मरण गराएको छ ।

Facebook Comments

Read Previous

कवाडी व्यवसायीले आज पनि घेरे काठमाडौं महानगर, सुरक्षा व्यवस्था कडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar