Nepal Purbadhar

कवाडी व्यवसायीले आज पनि घेरे काठमाडौं महानगर, सुरक्षा व्यवस्था कडा


काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले आज पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नारावाजीसहित धर्ना दिएका थिए ।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत उनीहरूको माग छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

‘रिमै’ का मुख्य कलाकारको अन्तरक्रिया, भदौ २० मा रिलिज हुँदै फिल्म

Read Next

यातायात विभागले भन्यो-असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि दण्ड/जरिवाना हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar