
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा उद्योग विभागमा १ सय २७ उद्योग दर्ता भएका छन् ।
साउन महिनामा उद्योग विभागमा स्वचालित (अटोमेटिक) रुट र अप्रुभल रुटबाट गरि १ सय २७ वटा उद्योगहरू दर्ता भएका हुन् । यी उद्योग दर्ता हुँदा २४ अर्ब १० करोड लगानी प्रतिबद्धता भएको छ ।
यीमध्ये ८१ वटा उद्योग अटोमेटिक रुटबाट दर्ता भएका छन् भने ४६ उद्योग अप्रुभल रुटबाट दर्ता भएका छन् ।
स्वचालिक रुटबाट दर्ता भएका उद्योगहरुमा सबैभन्दा धेरै साना उद्योगहरू रहेका छन् । ८१ वटा साना उद्योग दर्ता भइरहँदा यसका लागि ७३ करोड ३० लाख रुपैयाँको लगानी प्रतिबद्धता भएको छ ।
त्यस्तै, अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएका छन् जसको लगानी प्रतिबद्धता २३ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
उद्योग विभागका अनुसार साउनमा दर्ता भएका उद्योबाट ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।