
काठमाडौं । नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले बढेको छ ।
नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवमा आयोजना भएको कार्यक्रममा प्राधिकरणले देशको आन्तरिक विद्यु खपत १०.७ प्रतिशतले बढेको जनाएको छ । आव २०८१/०८२ मा सम्पादन भएका मुख्यकार्यहरुको विवरण प्रस्तुत गर्दै प्राधिकरणले आन्तरिक विद्युत खपत बृद्धि भएर ११ हजार ३१९ गिगावाट घन्टा पुगेको जनाएको छ ।
साथै, हाल राष्ट्रिय प्रणालीमा विद्युतको उपलब्धता १५ हजार ६४१ गिगावाट घन्टा पुगेको छ भने राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता भने ३ हजार ५९१ पुगेको प्राधिकरणले जनाएको छ ।
कुल विद्युत उपलब्धतामध्ये प्राधिकरण तथा सहायक कम्पनीहरुमार्फत ३४ प्रतिशत उपलब्ध भइरहेको छ । त्यस्तै, स्वतन्त्र विद्युत उत्पादकहरुमार्फत ५५ प्रतिशत विद्युत योगदान भएको छ भने ११ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको प्रधिकरणले जनाएको छ ।