Nepal Purbadhar

सार्वजनिक यातायातलाई प्रविधियुक्त र स्तरीय बनाउन मन्त्री दाहालको जोड


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द दाहालले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधियुक्त र थप स्तरीय बनाउनु पर्नेमा जोड दिएका छन् । 
महानगर यातायात प्रालिले बुधबारदेखि शुरु गरेको विद्युतीय बस सेवाको शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको योगदान प्रशंसनीय रहेको पनि बताए ।  विद्युतीय सवारी साधन, विद्युतीय भुक्तानी जस्ता नविन विषयहरुको उपयोगबाट सेवालाई स्तरीय बनाउन सकिनेमा उहाँले जोड दिए ।

‘विद्युतीय भुक्तानीको विषय सामान्य भई सकेको छ । अचेल सामान्य व्यवसायमा समेत यसको उपयोग भई रहेको छ’ मन्त्री दाहालले भने, ‘खै किन किन सार्वजनिक यातायातमा यसको प्रयोगमा ढिलाई भई रहेको छ तर अब ढिला नगरौं, सरकारको तर्फबाट गर्नु पर्ने कामका लागि हामी तयार छौं ।’

सडक तथा पूर्वाधार निर्माणलाई विश्वस्तरीय बनाउने काम भई रहेको भन्दै मन्त्री दाहालले दिगो, गुणस्तरीय, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउन सरकारले ध्यान दिएको बताए । 

कार्यक्रममा बागमती प्रदेशका श्रम तथा भौतिक पूर्वाधार मन्त्री प्रेमभक्त महर्जनले संवैधानिक व्यवस्था अनुसार यातायात क्षेत्रको नियमन र व्यवस्थापनका लागि प्रदेश तहबाटनै काम भई रहेको बताए । यसैगरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नीतिगत सुधार र व्यवस्थापनका लागि सरकारले काम गरि रहेको भन्दै सेवा प्रवाहलाई स्तरीय बनाउन व्यवसायीहरुबाट भई रहेको प्रयास सह्रानिय रहेको बताए । 

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतले सार्वजनिक यातायात पहुँचयोग्य र स्तरीय बनाउनु पर्नेमा जोड दिए । 

महानगर यातायात प्रालिले एकसाथ १२ ओटा ठुला यात्रुबाहक विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।


Read Previous

कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

Nepal Purbadhar