Nepal Purbadhar

अन्तत: भारतीय बजारमा सार्वजनिक भयो टेस्ला


काठमाडौं । लामो समयदेखि भारतमा आफ्नो बजार बिस्तारका लागि प्रक्रियामा रहेको टेस्ला अन्तत: भारतमा आएको छ । टेस्लाले मंगलबार भारतको बान्द्रा-कुर्ला कम्प्लेक्समा आफ्नो पहिलो स्वरुम खोलेको हो । 

कम्पनीले भारतमा प्रवेश गरेसँगै हालका लागि मोडल Y गाडी पनि ल्याएको छ । अमेरिकी बजारमा २८ लाख डलर पर्ने यो गाडीको भारतीय बजारमा मूल्य भने ६० लाख भारु रहेको छ । 

टेस्लाको पहिलो स्वरुम भारतमा खुलेसँगै यसको उद्घाटन भने महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले गरेका छन् । यो स्वरुमलाई एक्सपिरियन्स सेन्टर (अनुभव लिन सकिने केन्द्र)का रुपमा कम्पनीले चलाउने बताएको छ । यहाँ गाडीको बिक्री केन्द्रित काम मात्रै नभएर उपभोक्ताहरुलाई टेस्लाको प्रविधि र विशेषताहरुको अनुभव पनि लिन सक्ने सुविधा उपलब्ध हुनेछ । 

हालका लागि टेस्लाले भारतमा सार्वजनिक गरेको गाडी चीनबाट आयात गरिएको हो । यद्यपी भारतमै पनि टेस्लाले आफ्नो उत्पादनको विषयलाई लिएर पनि काम गरिरहेको छ । स्थानीय उत्पादन केन्द्रित भएमा भारतमा टेस्लाको मूल्य कम हुने बताइएको छ । 


Read Previous

पाटन अस्पतालको स्तरोन्नती हुँदै, १२०० शय्यामा क्षमता विस्तार हुने

Read Next

स्वच्छ ऊर्जामा गुगलको चार खर्ब लगानी

Nepal Purbadhar