Nepal Purbadhar

कालुङ्खोला लघु जलविद्युत आयोजनामा बाढीको क्षति, १२० घरधुरीमा विद्युत आपूर्ति बन्द

फाइल तस्बिर । सांकेतिक


काठमाडौं । बागलुङको कालुङ्खोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति गरेको छ । 

बागलुङको जैमिनी नगरपालिका-९ पैयुथान्थापस्थित उक्त जलविद्युत आयोजनाको पावरहाउस र बाँध बुधबार बिहान आएको बाढीले बगाएको हो । 

बाढीका कारण केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ । ट्रान्सफर्मरमा भएको क्षतिका कारण पैयुथान्थापमा १२० घरधुरीमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

बाढीका कारण गत वर्ष ३५ लाख रुपैयाँमा निर्माण गरिएको स्टिल पुल पनि बगाएको छ । 


Read Previous

फोहोर देखेर पनि महानगरले चासो नराखेको भन्दै फेवाताल सफाइमा आफैं जुटे छोरेपाटनका युवा

Read Next

चित्रकलामा खुलेको थारु संस्कृति र जनजीवन

Nepal Purbadhar