Nepal Purbadhar

हाईलाइफको प्रिमियम बासमती चामल बजारमा, कम्पनी भन्छ- स्वादिलो र स्वास्थ्यवर्धक छ’


काठमाडौं । हाईलाइफ नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जिआई राइस बजारमा ल्याएको छ ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँप्रडक्टका रुपमा  प्रिमियम बासमती  चामल बजारमा ल्याएको हो ।  ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ ।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।

‘प्रत्येक नेपाली परिवारलाईगुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ,’ हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने । उनका अनुसार बासमती प्रिमियम चामल स्वादिलो हुनुकासाथै स्वास्थ्यवर्द्धक समेत छ ।

पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दैरोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ ।

अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवाप्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फूड्सको लक्ष्य छ ।

गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् । दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ ।

हाल बासमती प्रिमियम चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइनप्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ । हाईलाइफको चामल एक किलो,पाँच किलो र २० किलोमा बजारमा उपलब्ध हुने छ ।

हाईलाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।


Read Previous

ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाउछौँ : उर्जामन्त्री खड्का

Read Next

एसियाकै उत्कृष्ट इन्जिनियर भन्दै हिड्ने ऊर्जामन्त्री खड्का र प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सम्बन्ध कसरी चिसियो ?