Nepal Purbadhar

विपतमा प्रविधिको प्रयोग: ३ वटै सुरक्षा निकायका टोली ड्रोन प्रशिक्षण गर्दै


काठमाडौं । विपत् को  समयमा खोज, उद्धार तथा राहतका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ३ वटै सुरक्षा निकायका टोली ड्रोन प्रशिक्षण ३ वटै सुरक्षा निकायका टोलीका सात सात जना र प्राधिकरणका टोलीले ड्रोन प्रशिक्षण गरेका छन् ।

दुई दिने सो प्रशिक्षणमा विपत् को समयमा प्रविधिको प्रयोग र त्यसको प्रभावकारीता महत्वपूर्ण रहेका कारण ड्रोन प्रशिक्षण गरिएको प्रवक्ता र सूचना अधिकारी सुरेश सुनारले बताए ।

गत असोजको बाढीले काठमाडौं उपत्यकामा क्षति पुर्याउँदा सामाजिक सञ्जालबाट तस्बिर, भिडियो देखें पछि मात्र घटनाको बारेमा थाहा भएको र त्यस समय ड्रोन जस्ता प्रविधिको प्रयोग गर्न सकेको खण्डमा उद्धार प्रभावकारी हुने एक प्रशिक्षकले बताए ।

ड्रोन प्रशिक्षण चल्दै गर्दा यस्ता उपकरणहरूको अभाव रहेको र नयाँ किन्नका लागि पनि बजेट लगायतका प्रक्रिया चल्दासम्म विपत् सकिएपछि मात्र उपकरण ल्याउने जस्ता कामले गर्दा यसमा सम्बन्धी निकायले ध्यान दिन आवश्यक देखिन्छ । 


Read Previous

तातोपानी नाकाबाट पहिलो पटक भित्रियो हेलिकप्टर

Read Next

मिसन २८,५०० मेगावाट-असोज १ र २ गते पावर समिट गर्दै इप्पान, ३० बढी देशको सहभागिता रहने