
काठमाडौं । नेपालमा एमजीको विन्डसर ईभी सार्वजनिक भएको छ ।
एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले यो ईभी सार्वजनिक गर्दै बिक्री खोलेको हो ।
कम्पनीका अनुसार भारतमा निर्मित यो कारका लागि पाटपुर्जाको समस्या हुनेछैन् । यो गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ ।

विन्डसर ईभीमा थप स्पेश, थप कम्फर्ट र थप प्रिमियम फिचरहरु छन् । यसमा १३५ डिग्री रेक्लाइन हुने एरो लाउन्ज सिटहरु, ६०४ लिटरको बुट स्पेश, १५.६ इन्चको ग्राण्ड भ्यु टच डिप्स्ले छ ।
यसमा शक्तिशाली मोटर पावर छ । जसले शहर र हाइवेको ड्राईभलाई सहज बनाउने कम्पनीको दाबी छ ।
यसको ३८ किलोवाटको ब्याट्रीले ३३२ किमीको भरपर्दो रेञ्ज प्रदान गर्छ । वायरलेस चार्जिङ सुविधाले थप सहज बनाउँछ ।
सुरक्षाका लागि ६ वटा एयरब्याग राखिएको छ । आइपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेष्टहरु पास गरेको छ ।
नेपालको सडकका कारण मानिसहरु ग्राउण्ड क्लियरेन्स खोज्छन् । यो कारको १८६ एमएम ग्राउण्ड क्लियरेन्स छ ।
८ वर्षको ब्याट्रीको वारेन्टी कम्पनीले दिएको छ ।

एमजी मोटर्स नेपालका प्रवक्ता सुनिल बहादुर क्षेत्रीले एमजी विन्डसर ईभीले स्पेश,कम्फर्ट र प्रिमियम फिचरहरुलाई एउटै विद्युतीय यात्रा अनुभव समेटेको छ । ‘हामी विश्वस्त छौं । यो कारले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ,’ क्षेत्रीले भने ।

दुई वटा भेरियन्टमा यो कार उपलब्ध छ । सुरुवाती मूल्य मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र हाइ भेरियन्टको ३९ लाख ९९ हजार रुपैयाँ पर्छ ।


एमजी लोकप्रिय ब्राण्ड हो । नेपालमा समेत रुचाईको ब्राण्ड हो । अहिले सर्भिसमा समेत सुधार भएका कारण यो कारप्रति लोकप्रियता बढाएको छ ।
यो कार भारतमै बनेकाले धेरै नेपालीले समेत मन पराउने कम्पनीको दाबी छ । पार्टपुर्जा पाउन समेत सहज हुने कम्पनीको दाबी छ ।

भारतमा नयाँ विन्डसर ईभी एक्साईट, एजुकेटीभ र इसेन्स गरी तीनवटा भेरियन्टमा उपलब्ध छ । ३८ किलोवाटको ब्याट्री छ । १०० किलोवाटको क्षमताको इलेक्ट्रिक मोटर छ । पीकटर्क २०० एनएम दिन्छ । सिंगल चार्जमा ३३१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । सुरुवाती मूल्य ९ लाख ९९ हजार भारुमा तोकिएको छ ।
भारतमा ६ महिनामा २० हजार युनिट बिक्री गरेर रेकर्ड कायम भएको थियो ।