Nepal Purbadhar

यस्तो छ क्लियर गर्ने भनिएको चोभार गल्छी


काठमाडौं । काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर यसलाई क्लियर गर्ने योजना सरकारले अघि सारेपछि अहिले यो विषयमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ ।

कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका छन् ।

चोभार गल्छी आसपासका स्थानीयले हजारौं वर्षको बाढीबाट निखारिएर प्राकृतिक रूपमा बनेको गल्छीको पिँध सतहको ढुंगा निकाल्दा अस्तित्व नै संकटमा पर्ने बताएका छन्। गल्छीसँगैको ऐतिहासिक महत्त्व बोकेको मन्दिरसमेत संकटमा पर्ने उनीहरूको तर्क छ। सम्पदा अभियन्ताहरूले यसको विरोध जनाएका छन्। अहिले उनीहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध गरेका छन्।

गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौंका खोला किनारका क्षेत्र डुबानमा परेपछि गल्छी क्लियर गर्ने कुरा आएको हो । चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठूला ढुंगाले बग्न थप रोक्ने भएकाले यसलाई सफा गर्ने सरकारको योजना हो।

Facebook Comments

Read Previous

कुलेश्वर फलफूल बजार हिलाम्य, हरेक वर्ष दोहोरिन्छ समस्या

Read Next

भारतमा बिक्रीमा रेकर्ड ब्रेक गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक,कति पर्छ मूल्य ?

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar