
काठमाडौं । तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरु त देख्नै मुस्किल हुन थालेको छ ।

यद्यपि केही ठाउँमा मानिसहरुले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । ललितपुरको बुङ्मती र खोकनाका स्थानीय यतिबेला धान रोपाइँमा व्यस्त छन् । समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ ।

असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ । किसानहरूका लागि यो दिन वर्षभरिकै मुख्य दिन हो ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी





