Nepal Purbadhar

वर्खा लागेसँगै उद्योगीले घटाए सिमेन्ट र डण्डीको भाउ, कतिमा पाइन्छ ?

तस्बिर: ओपन एआई


काठमाडौं । मध्य वर्खा सुरु भएसँगै सिमेन्ट र डण्डीको भाउ घटेको छ ।

वर्खामा निर्माणका काम कम हुने हुँदा उद्योगीले भाउ घटाएका हुन् । काम हुने सिजनमा ह्वात्तै भाउ बढाउने उद्योगीले काम नहुने सिजनमा भाउ घटाएका हुन् ।

सिमेन्टको भाउ बोरामा ५० देखि १०० रुपैयाँसम्म घटाइएको छ । भने डण्डीको भाउँ किलोमा ५ रुपैयाँसम्म घटेको छ ।

उद्योगीहरुले यस अघि प्राधिकरणको अघोषित लोडसेडिङ भन्दै  भाउँ बढाएका थिए । अहिले बजारमा ओपीसी सिमेन्ट ६ सय देखि ७ सय रुपैयाँसम्ममा पाइन्छ । डण्डी ८२ देखि ८५ रुपैयाँसम्ममा पाइन्छ ।


Read Previous

१२.५ मेगावाटको म्याग्दी खोला-बी जलविद्युत आयोजना बन्दै, २०८५ बैशाखदेखि व्यवसायिक उत्पादन गर्ने

Read Next

तस्बिरमा हेर्नुस खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक