
सांकेतिक तस्बिर
काठमाडौं । १२.५ मेगावाटको म्याग्दी खोला-बी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
म्याग्दीको धौलागिरी गाउँपालिका अवस्थित म्याग्दी खोलाको पानीलाई उपयोग गरी यो आयोजना निर्माण हुनेछ । आयोजना नदी प्रवाही प्रकृतिको हुनेछ ।
सुश्मित इनर्जीले यो आयोजना निर्माण गर्न लागेको हो ।
आयोजनाको मुख्य संरचनाहरु धवलागिरी गाउँपालिकामा म्याग्दी खोलाको दायाँ किनारमा निर्माण हुनेछ ।
प्रस्तावित म्याग्दी खोला बी आयोजनाको लागि म्याग्दी खोला जलविद्युत आयोजना (५७.३ मेगावाट) को टेलरेसबाट आएको पानीलाई म्याग्दी खोलामा बग्न नदिइ एपरोच कल्भर्टद्धारा २४ मिटर लम्बाई ८ मिटर चौडाइ र ६.२५ मिटर उचाई भएको हेडपोण्डमा पानी संकलन गरिनेछ ।
उक्त संकलित पानीलाई १३५९.६५ मिटर लम्बाई भएको हेडरेस पाइप र ४४५ मिटर हेडरेस टनेलमार्फत २८.४ मिटर गहिराई भएको सर्ज ट्यांकमा लगिनेछ । तत्पश्चात पानीलाई २०४ मिटर लम्बाई भएको पेनस्टक पाइप मार्फत ३५.३० मिटर लम्बाई र १९ मिटर चौडाई भएको पेनस्टक पाइपमार्फत सतही विद्युत गृहमा पुर्याइनेछ ।
२०८५ बैशाखसम्म निर्माण सकेर व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।