Nepal Purbadhar

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

मंगलबार राती प्रहरीले ५३ वर्षिया भारतीय नागरिक मीना सुर्जित सिंह खेमानीलाई पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार क्षेत्रबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खेमानी एयर अरेबियाको उडानबाट शारजाह हुँदै काठमाडौं आएकी थिइन् । प्रहरीले चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकले बेरिएको अवस्थामा तीन वटा डल्ला अर्धठोस सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Read Previous

सञ्चालनमा आएको दोस्रो वर्षमै सन्तोष एन्ड सितल खाद्य उद्योगले गर्यो १ अर्ब ६६ करोडबढिको व्यापार

Read Next

ललितपुरको ग्वार्को स्थित फ्लाइ ओभरको स्थलगत अनुगमन

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar