
काठमाडौं । स्थापना भएको दोस्रो वर्षमा नै सन्तोष एन्ड सितल खाद्य उद्योग प्रालिले १ अर्ब ६६ करोड ७० लाखको व्यापार गरेको छ ।
२०२३ मा खुलेको यो कम्पनीले सो वर्षको मध्य जुलाईबाट सञ्चालनमा आएको थियो । पर्सा जिल्लाको बिन्दाबासिनीमा उत्पादन कारखाना रहेको कम्पनीले मुख्य गरि धानलाई चामलमा प्रशोधन गर्ने काम गर्छ । ८ मेट्रिक टन प्रतिघन्टाको क्षमता रहेको कम्पनीले स्थापना भएको वर्षमा १९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
दोस्रो वर्षमा भने कम्पनीको व्यापार १ अर्ब ६६ करोड ७० लाखको व्यापार गरेको छ ।
धान प्रशोधनको व्यवसायमा तीन दशकभन्दा लामो अनुभव बोकेका प्रोमोटर रहेको यो कम्पनीमा चार जना बोर्ड सदस्य छन् । कम्पनीको निर्देशकमा भने शिव पुजन कल्वार रहेका छन् ।
हालका लागि भने कम्पनीले ७६ करोड ३८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले २१ करोड १५ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ५५ करोड २३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।