Nepal Purbadhar

पिउने पानी पिउन अयोग्य भेटिएपछि काठमाडौं महानगरपालिकाले गर्‍यो आपूर्तिकर्तासँगको सम्झौता खारेज


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भंग गरेको छ ।

महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो ।

पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो ।


Read Previous

महंगी दर घट्यो

Read Next

यसरी तयार हुँदैछ क्षेत्रपाटी नि:शुल्क क्लिनिकको आठ तले अत्याधुनिक भवन