
काठमाडौं । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन्। उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
