
काठमाडौं । आन्दोलनरत रहेको राप्रपा नेपालका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई नविन सम्झौतामा आउन अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै सम्झौतामा आउन र यदि नआएमा भाग्नलाई हेलिकप्टर तयार गर्न भनेका हुन् । उनले लेखेका छन्, “आज काठमाडौको रत्नपार्कमा राष्ट्रबादिहरुहरु अब नवीन सम्झौतामा आउन प्रधानमन्त्री लाई अपिल छ हैन भने भाग्न लाई हेलिकप्टर तयार गर्नु ।”
आज गणतन्त्र दिवसको दिन राप्रपासहितका राजावादी समूहले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । राजतन्त्र फर्काउने भन्दै उनीहरुले आन्दोलन गरिरहँदा सत्तारुढ दल नेकपा एमालेले पनि गणतन्त्र दिवसको अवसरमा र्र्याली निकालेको छ ।
