Nepal Purbadhar

कुलमानलाई हटाउन खोजेको भन्दै गगन थापा असन्तुष्ट


काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्टी पोखेका छन् ।

शनिबार सिन्धुली पुगेर उनले कुलमान घिसिङलाई हटाउन लागिएको भन्दै असन्तुष्टी पोखेका हुन् । यी सबै विषयमा बदनियत हो कि ढंग नपुगेको हो भन्ने विषय आफूले नबुझेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई हटाउन ६ पटक स्पष्टीकरण सोधेको थियो । भने मन्त्रिपरिषद्ले समेत उनलाई हटाउन ३ दिने स्पष्टीकरण सोधेको छ । आइतबार घिसिङले मन्त्रिपरिषद्लाई स्पष्टीकरण बुझाउने तयारीमा सरकार छ । ४/५ महिना कार्यकाल बाँकी रहेका घिसिङलाई हटाउन खोजेको भन्दै थापाले असन्तुष्टी जनाएका हुन् ।

 


Read Previous

उत्पादनमूलक उद्योगमा आइएमई ग्रुपको प्रवेश, साढे ३ अर्बमा दुई उद्योग खोल्यो