Nepal Purbadhar

शुक्रबार, फाल्गुन ९, २०८१
Friday, February 21, 2025

शुक्रबार, फाल्गुन ९, २०८१
Friday, February 21, 2025
विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने विदेशी लगानी हुने भनिएको माथिल्लो कर्णालीमा नेपाली बैंकले ४२ अर्ब लगानी गर्ने भएपछि निजी क्षेत्र चिन्तित नेपालमा एक लाख भन्दा बढी अवैध भेप बरामद , कसले ल्याइरहेको छ ? डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’ 

विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी


काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ किस्ताबन्दीको सुविधा दिएर पनि बक्यौता नतिरे लाइन काट्न निर्देशन दिने तयारी गरेको छ ।

बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सहमति माग्दै प्राधिकरणले नियमन आयोगलाई पत्र लेखेको थियो । बक्यौता उठाउन दबाबमुलक कार्यहरु गर्दा समेत तिर्न नआएको भन्दै लाइन काट्ने सहमति माग्दै पत्र लेखेको थियो । नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आगामी सातासम्म छलफल गरेर निर्णय दिने बताए  । ‘हामी छलफलमा छौं । कानुनहरु हेर्छौं । सधैभरी यो मुद्धा लम्ब्याएर हुँदैन । उद्योगीहरुले पनि पहिलो किस्ता तिरेको भए हुने थियो,’ उनले भने ।

प्राधिकरणका अनुसार ट्रंक तथा डेडिकेटेडलाइनको प्रयोग गरेर उद्योगीहरुले २२ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिरेका छैनन् । नियमन आयोगले सहमति दिने बित्तिकै लाइन काट्ने तयारीमा प्राधिकरण नेतृत्व लागेको छ ।


Read Previous

सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने