Nepal Purbadhar

बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु


बागलुङ।  बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोड रुपैयाँ लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए ।

चालू आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले बताए । ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

हालसम्म ७० प्रतिशत काम पूरा भएको छ । ७  किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको र मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना रहेकाे उनले बताए ।


Read Previous

२५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण

Read Next

साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ?