Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   


पर्वत । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ । सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो ।

निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको जनाएको छ । निर्माण कम्पनीका आयोजना व्यवस्थापक दीपेन्द्र श्रेष्ठले मिलनचोकबाट सल्यानसम्म ३.५ किलोमिटर सडक कालोपत्र गर्न लागिएको बताए । उनका अनुसार यो खण्डमा एक साताभित्रै कालोपत्रको काम पूरा हुनेछ ।

धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिए । मिलनचोकबाट ठोड्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकरले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक सात मिटर फराकिलो र पानी निकासको नाली निर्माणले गत मङ्सिरदेखि तीव्रता पाएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी हर्षित भएका बताए ।

निर्माण कम्पनीका प्रतिनिधिसमेत रहनुभएका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत चुनौती सामना गर्दै जिम्मेवारी पूरा गर्न लागेको बताए । यो सडक धाइरिङका एक हजारभन्दा बढी स्थानीयले नियमित रूपमा प्रयोग गर्दै आएका छन् ।


Read Previous

कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

Read Next

लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

Leave a Reply

Your email address will not be published. Required fields are marked *