Nepal Purbadhar

परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु


कैलाली । आगलागीका कारण बन्द भएको कर्णालीको पुलबाट यातायात आवागमन सुचारु भएकाे छ । विज्ञ प्राविधिक टाेलीकाे परीक्षणपछि साेमबारदेखि पुलबाट यातायात आवागमन सुचारु गरिएकाे हाे ।

पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले यातायातका साधन सञ्चालनको अनुमति दिएकाे नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले बताए । उनका अनुसार सबै प्रकारका यातायातका साधन सञ्चालन खुल्ला गरिएकाे छ ।

गत सोमबार गुडिरहेकाे ट्रकमा लागेकाे आगो पुलमा पनि सल्किएपछि यातायात आवागमन बन्द गरिएकाे थियाे । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।

Facebook Comments

Read Previous

अस्पताल भवन निर्माण ढिलाइले सेवा प्रभावित

Read Next

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar