Nepal Purbadhar

रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 


तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा साताकाे ४ पटक हवाइ उडान हुने भएको छ । अहिले सातामा २ उडान हुदैँ आएकामा अगामी फागुन पहिलो साताबाट २ उडान थप गरी ४ बनाउन लागिएकाे हाे ।

 रेसुङ्गा विमानस्थलमा गत बैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । अहिले साताकाे बुधबार र शुक्रबार  २ दिन उडान भइरहेको थियो ।

यात्रुको अत्याधिक चाप भएपछि २ उडान थप गर्ने तयारी भइरहेकाे रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उनका अनुसार  यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको भइरहेकाे छ ।

विमानस्थल सञ्चाल भए यता रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यी उडानबाट ८ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।


Read Previous

कर्णाली प्रदेशद्वारा बहु वर्षिय याेजना ३ वर्षमा सम्पन्न गर्नै पर्ने निर्देशिका पारित

Read Next

बूढीगण्डकी अर्धजलाशय आयोजना अब साहस ऊर्जाले बनाउने,अर्को वर्ष निर्माण थाल्ने तयारी