Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

तनहुँको चुँदी खोलामा बन्याे झोलुङ्गे पुल, २ वडाका स्थानीय लाभान्वित


डुम्रे (तनहुँ) । तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो ।

उक्त पुलको लम्बाइ ७४ मिटर रहेको पञ्चनगर माझडिही झोलुङ्गे पुल उपभोक्ता समितिका सल्लाहकार जयहरि ढकालले जानकारी दिए । उनका अनुसार उक्त पुल बनेपछि दुई वडाका ३ हजार ३ सय ३० स्थानीयवासी लाभान्वित भएका छन् ।

संघीय सरकारको ५९ लाख ८५ हजार ६ सय ६ रुपैयाँ र भानु नगरपालिकाको ३ लाख ५९ हजार १ सय ३६ रुपैयाँ लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको उक्त समितिका समितिका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए ।

उक्त पुल निर्माणका लागि २०७७ असार ३१ मा सम्झौता गरिएकामा साउन १ गतेदेखि निर्माण कार्य सुरु भएर २०७९ चैत १५ गते सम्पन्न भएको थियो । स्थानीय राजेश कार्कीले पुल नहुँदा अर्को वडामा पुग्न घुमाउरो बाटो पार गर्नुपर्ने अवस्थाकाे अन्त्य भएको बताए ।

“झोलुङ्गे पुल बनेपछि बाटो छोटिएको छ । घुमाउरो बाटो जानुपथ्र्यो । अब सजिलो भएको छ । खोला बढेकै अवस्थामा भोग्नुपर्ने सास्ती हट्यो ,” उनले भने । उक्त पुल आज सांसद एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्दै स्थानीयवासीलाई सहजरुपले सुबिधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेका बताए ।

 “सबै आवश्यकता एकैपटकमा समाधान हुँदैन । आवश्यकताको प्रकृतिअनुसार क्रमशः पूरा हुन्छ ,”उनले भने । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले योजनाको प्राथमिकताका आधारमा विकास गरिँदै लगिनेमा जोड दिए ।


Read Previous

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको ‘नमुना सेवा’ सुरु   

Read Next

बजेट अभावमा पुल्चोक-गोन्द्राङ सडककाे निर्माण अलपत्र

Leave a Reply

Your email address will not be published.