Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र

पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण


काठमाडौं ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । ‘सीमित स्रोत र साधनको बीच पर्यटक प्रहरीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गरेको छ’, उनले भने ।

महानिर्देशक लुइँटेलले पछिल्लो समय पर्यटन विभागले पर्यटक प्रहरीलाई दक्ष बनाउनका लागि विभिन्न भाषाको तालिम प्रदान गर्दै आइरहेको बताए । पर्यटक प्रहरी नेपाल प्रहरीको काम गर्ने सक्षम ‘युनिट’ बनेको उनको भनाइ  छ ।

पर्यटक प्रहरी कार्यालयबाट सरुवा भएर जान लाग्नुभएका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले झण्डै पाँच दशक इतिहास बोकेको पर्यटक प्रहरी जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यो हुन नसेकेको बताए । उनले पर्यटक प्रहरीलाई नयाँ बन्दै गरेको पर्यटन ऐनमा समावेश गर्नका लागि मन्त्रालयलाई आवश्यक राय सुझाव दिइसकिएको बताए ।

पर्यटक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले पर्यटकको सङ्कटको साथी पर्यटक प्रहरी बन्ने बताए । उनले पर्यटकलाई नेपाल भ्रमणका क्रममा देखिएका समस्या समाधान गर्न पर्यटक प्रहरी सधैँ तत्पर रहेको जानकारी दिए ।

पैतालीस वर्ष पहिले स्थापना भएको पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १५ जिल्लामा २९ वटा इकाइमार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । पर्यटक प्रहरी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमार्फत सञ्चालन हुँदै आएको छ ।


Read Previous

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

Read Next

म्याद थप्दा पनि भरतपुरमा सिटी हल बनेन्, निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

Leave a Reply

Your email address will not be published.