Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

निर्यात अवसरको फाइदा उठाउन चुक्यो नेपालको क्षेत्रीय व्यापार


काठमाडौं । क्षेत्रीय व्यापारमा रहेको अनगिन्ती अवसरहरुबाट पूर्ण रुपमा फाइदा लिनबाट नेपाल चुकेको छ । न्यून उत्पादन क्षमता र आपूर्तिसम्बन्धी समस्याका साथसाथै निर्यात बजारले तोकेको शुल्क, अतिरिक्त समेतका अवरोधका कारण क्षेत्रीय व्यापारमा नेपालले चाहेको जस्तो सफलता पाउन सकेको छैन । क्षेत्रीय व्यापारलाई बढाउन यी चुनौतीहरुलाई सम्बोधन गर्न जरुरी भएकोमा विज्ञहरुले जोड दिएका छन् ।

साउथ एशियन वाच अन ट्रेड एण्ड इकोनमिक्स एण्ड इन्भायरोमेण्ट (सावती) ले आज काठमाडौंमा आयोजना गरेको एउटा छलफल कार्यक्रममा यस्तो बताएका हुन् । छलफल बंगलादेश र भारतसँग नेपालको व्यापारमा केन्द्रीत थियो । अहिलेको वस्तु व्यापारलाई विद्युत् व्यापारमा समेत विविधीकरण गर्न सक्ने सम्भावनाबारे पनि कुराकानी भयो । निर्यातमा भारतमाथिको नेपालको निर्भरता उच्च छ । तर अन्य देशहरुसँगको व्यापार भने निकै सुस्त छ ।

बंगलादेशतर्फ नेपालको निर्यात कृषि उत्पादनमा सीमित रहेको त्यसतर्फको निर्यातबारे सावतीले गरेको एउटा अध्ययनमा पाइएको थियो । विगत पाँच वर्षमा नेपालबाट बंगलादेश निर्यात भएको कुलमध्ये ९० प्रतिशत वस्तु दाल थियो । अल्पविकसित देशबाट नेपाल विकासशील मुलुकको रुपमा स्तरोन्नति हुने क्रममा छ । यस्तोमा केही मुख्य व्यापार साझेदारहरुले हाल नेपाललाई दिदै आएको सहुलियत हटाउने वा यहाँबाट आयातित वस्तुमा शुल्क लगाउने निश्चित छ ।

सोको प्रभाव कम गर्न अहिलेदेखि नै वैकल्पिक बजार खोज्न जरुरी बनेको विज्ञहरुले कार्यक्रममा औंल्याएका छन् । गैर शुल्क अवरोध रहेको भएपनि बंगलादेशसँगको व्यापारमा अतिरिक्त शुल्कहरु व्यापार बढ्न नसक्नुको कारणका रुपमा रहेको सावतीका वरिष्ठ अनुसन्धान अधिकृत क्षितिज दहालले बताए ।

सहुलियतपूर्ण व्यापार सम्झौता (पीएफए)ले यो सीमा हटाउने भएपनि यसमा अरु कयौं चुनौतीहरु भएको उनको भनाई छ । चीनसँग भूमार्ग भएर गरिने व्यापारमा रहेको समस्या सम्बोधन गर्नु पर्ने उद्योग मन्त्रालयका पूर्व उपसचिव रवि शंक सैंजुको धारणा थियो ।छिमेकी देशहरुसँग व्यापारमा उच्च समभावना रहेको भएपनि व्यापारको उच्च लागत अवरोधको रुपमा रहेकोमा उनले जोड दिएका छन् ।


Read Previous

आठ महिनामा भित्रिए छ लाख पर्यटक

Read Next

विश्वमा सौर्य विद्युत उत्पादन तीव्र गतिमा अघि बढ्दै, नेपालको  के छ अवस्था ?

Leave a Reply

Your email address will not be published.