Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माण सुस्तगतिमा भएको विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माले बताए । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले विमानस्थल निर्माणको काम रोकिएको पनि उनले भने ।

“माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या भएपछि काम रोकिएको छ”, शर्माले भने, “बर्खा रोकिएपछि फेरि काम सुरु गर्नेछौँ ।” उनका अनुसार वि. सं. २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस र नौ सय मिटर नाली निर्माण सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको इन्जिनियर शर्माले जानकारी दिए । उनका अनुसार विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएकाले निर्माण प्रभावित बनेको आयोजनाका इन्जिनियर शर्माले बताए । “उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण तथा कामदार निकुञ्जले नियन्त्रणमा लिएको थियो”, उनले भने, “काम सञ्चालन गर्न दिने मौखिक सहमति भई भोगाधिकारको प्रक्रिया अगाडि बढाउने भएपछि धावनमार्ग निर्माण अगाडि बढेको हो ।”


Read Previous

नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

Read Next

विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

Leave a Reply

Your email address will not be published.