Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

विद्युत नियमन आयोगले जारी गर्यो ‘इलेक्ट्रिसिटी ग्रिड कोड’


काठमाडौं । विद्युत नियमन आयोगले ‘नेपाल इलेक्ट्रिसिटी ग्रिड कोड,२०८०’ जारी गरी लागु गरेको छ । आयोगले सरोकारवालासँगको छलफल तथा परामर्श एवं राय, सुझाव र प्रतिक्रिया लिई तयार गरिएको इलेक्ट्रिसिटी ग्रिड कोड जारी गरी लागु गरेको हो ।

आयोगका अनुसार इलेक्ट्रिसिटी ग्रिड कोडले अन्तरदेशीय विद्युत प्रसारण तथा वितरण प्रणालीमा आबद्ध ग्रिड र ग्रिड कोड कार्यान्वयन गर्न दफा २.३, २.१ अनुसार ग्रिड कोड व्यवस्थापन समिति गठन गरेको छ । सदस्य गौतम डंगोलको संयोजकत्वमा समिति गठन गरी अध्यक्ष, सदस्य सचिव र सदस्यहरू नियुक्तिका लागि कार्यभार तोकिएको आयोगले जनाएको छ ।

विद्युत प्रसारण तथा वितरणमा ग्रिड कोड महत्त्वपूर्ण हुने हुँदा लामो गृहकार्यपछि यो तयार भई लागु भएको आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए । उनका अनुसार ग्रिड कोड तयार गर्नका लागि विभिन्न सरोकारवाला, विषय विज्ञ, सेवा प्रदायक संस्थाहरूसँग पटक पटक छलफल गरी राय सुझाव लिइएको थियो ।

‘विद्युत प्रसारणको काम इलेक्ट्रिसिटी ग्रिड कोड उचित व्यवस्थापनबाट मात्रै राम्रो र गुणस्तरीय हुने गर्दछ,’ उनले भने, ‘यसको पालनाबाट नै विद्युतगृहले उत्पादन गरेको विद्युत सुरक्षितरूपमा उपभोक्ताको घरसम्म पुर्याउन सकिन्छ ।’

उनले इलेक्ट्रिसिटी ग्रिड कोड देशभित्र बढ्दो विद्युत उत्पादन दक्षिण एसियाली मुलुकहरूमा निर्यात गर्नका अझै महत्त्वपूर्ण हुने पनि बताए ।

इलेक्ट्रिसिटी ग्रिड कोडको उचित व्यवस्थापनबाट मात्रै विद्युत प्रसारण तथा वितरण प्रणालीमा भोल्टेज कम तथा बढी हुने समस्याका कारण निम्तने विद्युतीय दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ । आयोग विद्युत क्षेत्रको नियमन गर्ने सरकारी निकाय हो ।


Read Previous

यही वर्ष धनुषाको खजुरीमा रेल म्यूजियम बनाउँछौ–मन्त्री ज्वाला

Read Next

नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुला

Leave a Reply

Your email address will not be published.