Nepal Purbadhar

राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत उपयोग गर्ने ग्राहक ५६ लाख नाघे


काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा उपयोग गर्ने ग्राहक ५६ लाख नाघेका छन् । नेपाल विद्युत प्राधिकरण र सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गतको विद्युत सेवा लिने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको हो ।

विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीको सेवा लिने ग्राहकको संख्या ५१ लाख ३० हजार पुगेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणको सेवा लिने ग्राहक ४७ लाख ७० हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ७.७६ प्रतिशतले ग्राहक संख्या बढेको छ ।

‘विद्युत उत्पादन बढेसँगै विद्युतीकरण विस्तार हुँदा हरेक वर्ष ग्राहक संख्या पनि बढिरहेको छ,’ उनले भने, ‘विद्युत पहुँच नपुगेका स्थानमा विद्युतीकरण विस्तार भइरहेकाले यो संख्या क्रमशः बढ्दै जानेछ ।’ उनले सामुदायीक ग्रामिण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक रहेको बताए ।

अहिले ९५ प्रतिशत जनसंख्यामा राष्‍ट्रिय ग्रीडको विद्युत पहुँच पुगेको एवं साना तथा लघु जलविद्युत आयोजना र सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेकाे पनि घिसिङले बताए । आगामी २ वर्ष भित्र सम्पूर्ण जनतालाई विद्युतको पहुँच पुर्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

Facebook Comments

Read Previous

विश्वभर यो वर्ष स्मार्टफोनको किनबेच दशकयताकै न्यून स्तरमा झर्दै

Read Next

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar