Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ: मन्त्री किराती


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् ।

“लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ”, उनले भने । पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको बताउनुभयो । पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।

अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको धारणा उनको छ । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उहाँले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपाल प्रहरीले युनाईटेड नेशन ९युएन०मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिरहेको उनको भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्छ ।

वि. सं. २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल देशभर दुई सय ३९ पर्यटक प्रहरीको जनशक्ति छ । विस २०७१ को प्रहरी नियमावलीमा व्यवस्था गरेअनुसार पर्यटक प्रहरीलाई तालिम प्रदान गरिँदै आएको छ । पहिलो चरणको तालिममा देशभरका ३० पर्यटक प्रहरीले सहभागी थिए । रासस


Read Previous

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग

Read Next

विज्ञापन बजार नियमनमा कडाई गरिने,मापदण्ड नमान्ने सञ्चारगृह र एजेन्सीको कारोबार रोक्कासम्मको निर्णय बोर्डले लिने

Leave a Reply

Your email address will not be published.