Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पाँच वर्षमा सवा लाख बढी घरमा खानेपानी धारा, गण्डकी प्रदेशकाे ९४ प्रतिशत जनसंख्यामा खानेपानी सुविधा


गण्डकी । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका १ लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव इ. डा. सन्तोष कैनीका अनुसार आव २०७५/७६ देखि गत आवको अन्त्यसम्ममा थप ६ लाख ७४ हजार नौ सय २९ जनसङ्ख्या आधारभूत खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । हालसम्म प्रदेशमा ९४ दशमलव १८ प्रतिशत जनसङ्ख्यामा खानेपानी सुविधा पुगेको सचिव कैनीले जानकारी दिए ।

मध्यम तथा उच्चस्तरको खानेपानी सुविधाबाट लाभान्वित हुने जनसङ्ख्या भने जम्मा १८ प्रतिशत छ । गत आवमा धारा जडानका लागि प्रदेश सरकारले १ अर्ब ७२ करोड ३० लाख ७५ हजार रूपैयाँ खर्च गरेको थियो । जसबाट १२ हजार आठ सय ३७ धारा जडान भएका थिए ।

शसर्ततर्फको ५९ करोड २३ लाख बजेटबाट पाँच हजार नौ सय ३६ र विशेष अनुदानको ३३ करोड रूपैयाँबाट २ हजार सात सय एक धारा जडान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको खानेपानी शाखाका इन्जिनियर टेकन पण्डितले ‘एक घर, एक धारा’को लक्ष्य पूरा हुन अझै केही वर्ष लाग्ने बताए ।

प्रदेश सरकारले सन् २०२५ सम्ममा सत प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । ‘९१ प्रतिशत जनसङ्ख्या पहिल्यै आधारभूत स्तरको खानेपानीको पहुँचमा थियो, प्रदेश सरकार आएपछि त्यो ९४ दशमलव १८ मा पुगेको छ’, उनले भने, ‘यही गति रहेमा लक्ष्य भेट्टाउन अझै दई/तीन वर्ष लाग्ने देखिन्छ ।’

इन्जिनियर पण्डितले आव २०७८/७९ को तुलनामा गत आवमा खानेपानीमा झण्डै १ अर्ब बजेट घटेको बताए । आव २०७८/७९ मा प्रदेश सरकारले ३ अर्ब रूपैयाँ बढी बजेट खानेपानी क्षेत्रका लागि छुट्टाएको थियो । उक्त वर्ष २७ हजार खानेपानी धारा जडान गरिएको थियो । चालु आवमा पनि खानेपानीको बजेट घटेको छ ।

सशर्ततर्फ पनि सङ्घ सरकारबाट जम्मा ४९ करोड ५२ लाख रूपैयाँ बजेट आएको मन्त्रालयले जनाएको छ । प्रादेशिक, शसर्त र विशेष अनुदान गरेर यो वर्ष खानेपानीका लागि जम्मा २ अर्ब १४ करोड रूपैयाँ बजेट विनियोजन भएको इ. पण्डितले बताए ।

मन्त्रालयले यो वर्ष ३० हजार निजी धारा जडान गर्ने लक्ष्य लिएको छ । इन्जिनियर पण्डितका अनुसार खानेपानी लिन आधा घण्टा बढी समय लागेमा मात्र आधारभूतस्तरको खानेपानीको सेवा नपुगेको मानिन्छ । खानेपानीको गुणस्तर सुधार गरी मध्यम तथा उच्चस्तरको खानेपानी सेवा पुर्‍याउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको उनको भनाइ छ ।

प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी पु¥याउने निर्णय गरेको थियो । योबीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरु फेरिए । तर, खानेपानीको लक्ष्य भने अझै अधुरो छ । बर्सेनि बजेट घट्दा लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ । सन् २०३० सम्ममा नेपालका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी सेवा पुर्‍याउने लक्ष्य सङ्घ सरकारको छ । रासस


Read Previous

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

Read Next

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौं : ऊर्जामन्त्री बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *