Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण


काठमाडाैं । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन ।

सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए । उपत्यकामा ग्वार्काेसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो । ‘पहिलो चरणमा ग्वार्काे चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ’ उनले भने ।

यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको छ । सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्नेछ । यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ । ग्वार्काे चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए ।  यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्नेछ ।

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्नेछ । विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको छ । ‘एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ’ उनले भने ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्काे फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ । अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययन सकिएर बजेटको विषयमा कुरा हुनेछ । बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ । चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना रहेको छ । रासस


Read Previous

निर्माण व्यवसायीको आन्दोलन चौथों दिनमा प्रवेश, जायज माग पूरा गर्न सरकारलाई एफएनसीसीआईको माग

Read Next

काठमाडाैं विश्वविद्यालयकाे ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

Leave a Reply

Your email address will not be published.