Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

बुटवल पावर कम्पनी आइक्यानको पावर एण्ड इनर्जी क्षेत्रतर्फ गोल्ड अवार्डबाट सम्मानित


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिँह लालाले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरे । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बताएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६२ हजार ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ ।

हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा पनि कम्पनीको लगानी रहेको छ । पूर्व निर्माणको चरणमा रहेका मस्र्याङ्डी वेसिनस्थित करिव ६ सय मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरुमा समेत लगानी रहेको छ ।


Read Previous

यी हुन मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था (पूर्णपाठ)

Read Next

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना : रोजगार वृद्धिलाई प्राथमिकता

Leave a Reply

Your email address will not be published.