Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

एचआइडीसीएललाई अवसरसँगै चुनौती र जोखिम


अर्जुनकुमार गौतम

नेपाल सरकारको जलविद्युत विकासको लक्ष्य पूरा गर्न आवश्यक पर्ने ठूलो परिमाण एवम् दीर्घकालीन प्रकृतिको लगानी योग्य पूँजी जुटाई जलविद्युत तथा नविकरणीय उर्जाको उत्पादन, प्रशारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा लगानी उद्देश्यले नेपाल सरकारको अधिकांश स्वामित्व रहने गरी विशिष्टीकृत प्रकृतिको “गैरबैक वित्तीय संस्था” को रुपमा वि.सं. २०६८ सालमा स्थापना भएको यस कम्पनीले आजबाट वाह्र वर्ष पुरा गरेको छ ।

 कम्पनीको वर्तमान अवस्था

आर्थिक बर्ष २०७९/८० को कम्पनीको प्रक्षेपित वित्तीय विवरण अनुसार चुक्ता पूँजी रु. २२ अर्व ७८ करोड, जगेडा कोष रु.१ अर्व ९९ करोड र अन्य दायित्व तथा व्यवस्था रु. ७० करोड सहित कुल वित्तीय स्रोत रु. २५ अर्व ४७ करोड रहेको छ । यो रकम गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो । कुल वित्तीय स्रोत मध्ये रु. ९ अर्व २४ करोड ऋण लगानीमा, रु. ३ अर्व २४ करोड शेयर लगानीमा, रु. १२ अर्व ६३ करोड बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा र बाँकी रु. ३६ करोड चल अचल सम्पत्तिमा उपयोग भएको छ ।

हालसम्म १८ वटा जलविद्युत आयोजनामा कुल रु. २१ अर्व ०२ करोड ऋण लगानी र १२ वटा जलविद्युतसंग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिव रु. ५ अर्व ३४ करोड शेयर लगानी सहित ३० वटा आयोजनामा २६ अर्व ३६ करोड लगानी स्वीकृत भएको छ ।  ऋण लगानी तर्फ अप्पर अरुण जलविद्युत, चैनपुर सेती लगायत ५ वटा आयोजनामा करिव रु.३० अर्व र शेयर लगानी तर्फ नीजि क्षेत्रका ४ वटा आयोजनमा करिव २ अर्व ५० करोड लगानी प्रतिवद्धता जनाईसकिएको छ । ती आयोजनाहरु मूल्यांकन तथा लगानी स्वीकृतिको विभिन्न चरणमा रहेका छन् ।

हालसम्म १८ वटा जलविद्युत आयोजनामा कुल रु. २१ अर्व ०२ करोड ऋण लगानी र १२ वटा जलविद्युतसंग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिव रु. ५ अर्व ३४ करोड शेयर लगानी सहित ३० वटा आयोजनामा २६ अर्व ३६ करोड लगानी स्वीकृत भएको छ ।  ऋण लगानी तर्फ अप्पर अरुण जलविद्युत, चैनपुर सेती लगायत ५ वटा आयोजनामा करिव रु.३० अर्व र शेयर लगानी तर्फ नीजि क्षेत्रका ४ वटा आयोजनमा करिव २ अर्व ५० करोड लगानी प्रतिवद्धता जनाईसकिएको छ ।

विगत एक वर्षका प्रमुख उपलव्धिहरु

आर्थिक वर्ष २०७९/८० को अवधिमा अवधिमा शेयर लगानीतर्फ रु. ५९ करोड र ऋण लगानीतर्फ रु. २ अर्व ८६ करोड समेत कूल रु. ३ अर्व ४५ करोड थप लगानी प्रवाह भएको छ । यस आर्थिक वर्षमा रु. १ अर्व ४४ करोड खुद मुनाफा हुने अनुमान छ । सो मुनाफाको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ प्रतिशतले बढी हो ।

यस आर्थिक वर्षमा संस्थागत करवापत करिव रु. ६० करोड, लाभांशवापत करिव रु. ६३ करोड, स्रोतमा कर कट्टीवापत करिव रु. २ करोड सहित कम्पनीले नेपाल सरकारको आयमा करिव रु. १ अर्व २५ करोडको योगदान गरेको छ ।

शेयर लगानीतर्फ २ वटा आयोजनामा ४७ करोड र ऋण लगानीतर्फ पाँचवटा आयोजनामा १० अर्व ४१ करोड र साविकमा लगानी स्वीकृत भएका आयोजनामा थप लगानी वापत १ अर्व ५२ अर्व सहित आर्थिक वर्ष २०७९/८० को अवधिमा मात्र कूल रु. १२ अर्व ४० करोड लगानी स्वीकृत भएको छ । यसरी लगानी स्वीकृतिका दृष्टिकोणबाट कम्पनीले यस वर्षमा ऐतिहासिक उपलव्धी हासिल गरेको विवरण प्रस्तुत गर्न पाउदा मलाई गौरवको अनुभूति भएकोछ ।

आयोजनाको कर्जा लगानीमा सहवित्तीयकरणको नेतृत्व गर्न सक्ने गरी नेपाल राष्ट्र बैंकबाट कार्यदेश प्राप्त भए बमोजिम नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत विकास हुने १०६१ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत आयोजना र २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना यस कम्पनीको नेतृत्वको सहवित्तीयकरण मार्फत ऋण लगानी गर्ने कम्पनीको प्रतिवद्धता अनुरुप अप्पर अरुण जलविद्युत आयोजनामा करिव ५३ अर्व स्थानीय वित्तीय स्रोत जुटाउन सहवित्तीयकरणका गठन भई समझदारी सम्झौता समेत सम्पन्न गरिएको छ ।

बैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुको वचतलाई पुँजी निर्माणमा उपयोग गर्ने उद्देश्यका साथ यस कम्पनीको सहायक कम्पनीहरु मार्फत विकास गरिने घुन्सा खोला जलविद्युत आयोजना र सिम्वुवा खोला जलविद्युत अयोजनाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको साझेदारीमा विकास गर्ने गरी ती दुवै कम्पनीहरुको शेयर संरचनामा परिमार्जन गरिएको छ । यसबाट यी तीन अन्तर सम्बन्धित निकायवीच साझेदारी र सहकार्यको संस्कृति विकास हुने हाम्रो अपेक्षा रहेको छ । विद्युत खरिद सम्झौता हुनासाथ यी दुवै आयोजना निर्माणको चरण प्रवेश गर्नेछन् ।

 लगानी सम्बन्धी निर्णयका लागि कम्पनीमा प्रयोगमा रहेको परियोजना मुल्यांकन पद्धतीमा अन्तरराष्ट्रिय अभ्यास समेतका आधारमा सूधार गर्न, कम्पनीको मौजुदा व्यावसायीक प्रकृयाको पूनरावलोकन गर्न तथा आन्तरिक एवम् वाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालनका लागि उपयूक्त वित्तीय उपरकणको स्वरुप निर्धारण गर्न युएस एडको दक्षिण एसियाली उर्जा साझेदारी ९क्ब्च्भ्ए० कार्यक्रमबाट प्राविधिक सहायता प्राप्त भई कार्य प्रक्रिया अघि बढेको छ ।

नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कम्पनीका समग्र कृयाकलापहरुको स्थलगत अनुगमन तथा सुपरिवेक्षण भई सुझाव र निर्देशन सहितको प्रतिवेदन प्राप्त भएको छ । लगानी प्रवद्र्धन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीमा केन्द्रीत रही नेपाल राष्ट्रबाट प्राप्त सो प्रतिवेदनका आधारमा लगानी नीति, जोखिम व्यवस्थापन नीति, संस्थागत सुशासन मार्गदर्शन, अन्तरिक नियन्त्रण प्रणाली आदि जस्ता नीतिगत एवम् प्रकृयागत सुधारका कार्यहरु अघि बढाईएका छन् ।

 कम्पनीले गरेको लगानीको प्रतिवद्धता र त्यसको आधारमा हुने लगानी प्रवाह एवम् नगद प्रवाह विश्लेषणको आधारमा कम्पनीको पूँजी कोषलाई अधिकतम लचकता  प्रदान गर्ने गरी वित्तीय आवश्यकता योजना  र वित्तीय संरचना योजना प्रष्ट खाका तयार गरिएको छ । तदनुरुप आगमी आठ वर्षमा कम्पनीको पूँजी कोषलाई कम्तिमा २ गुणा लचकता  प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्न सकिने सम्भावना रहेको छ ।

अवसर र सम्भावना

नेपालमा जलविद्युत लगायत हरित उर्जा विकासको अपार सम्भावना र अवसर रहेको छ । हरित उर्जा नै मुलुकको आर्थिक विकास र समृद्धिको प्रमुख आधार भएको हुँदा यस क्षेत्रको विकास तथा लगानी एवम् हरित उर्जाको उपयोगको प्रवद्र्धनलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

 यस सन्दर्भमा जलविद्युत तथा नविकरणीय उर्जाका क्षेत्रमा लगानी गर्ने मुलुकको एकमात्र विशिष्टिकृत एवम् सरकारी स्वामित्वको संस्था भएका कारण यस कम्पनीको आवश्यकता, सान्दर्भिकता र भूमिका आगामी दिनमा अझै बढ्दै जाने अवस्था छ ।

 सरकारी तथा सार्वजनिक निकाय एवम् निजी क्षेत्रबाट विकास हुने जलविद्युत तथा नविकरणीय उर्जाको उत्पादन तथा प्रशारण सम्बन्धी आयोजनामा लगानी गर्ने प्रमुख संस्थाको भूमिका निर्वाह गर्दै कम्पनीलाई सार्वजनिक निकाय एवम् निजी क्षेत्रको असल वित्तीय साझेदार  बनाउने अवसर प्राप्त छ ।

 समस्या र चुनौती

 हालसम्म पनि कूल स्रोतको करिव ४९ प्रतिशत रकम बैंकको मुद्दती निक्षेपमा नै रहेको छ । यस वर्ष लगानी प्रतिद्धतामा गुणात्मक बृद्धि भएता पनि प्रतिवद्धता अनुरुपको रकम प्रवाह हुन समय लाग्ने भएकाले अझै करिव दुई वर्ष लगानी प्रवाहमा गुणात्मक बृद्धि हुने अवस्था छैन् ।

 कम्पनीबाट शेयर लगानी भएका केहि आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेका छन् । ती आयोजनाबाट प्रतिफल प्राप्त गर्न अझै केहि वर्ष पर्खनु पर्ने अवस्था छ ।  लगानीमा बृद्धि भई कम्पनीको पुँजीकोषलाई अन्य किफायती उपकरणबाट लचकता प्रदान नगरेसम्म र कम्पनीले शेयर लगानी गरेका आयोजनाबाट प्रतिफल प्राप्त नभएसम्म कम्पनीका शेयर लगानीकर्तालाई अपेक्षित प्रतिफल प्रदान गर्न कठिन छ ।

 कमजोर कानूनी आधारसीलाका कारण व्यवसाय विस्तार गर्न कठिनाई हुने देखिएको छ ।  यी र यस्तै प्रकारमा समस्याहरुलाई चिर्दै वित्तीय स्रोत परिचालन र लगानीमा बृद्धि तथा लगानीकर्तालाई अपेक्षित प्रतिफल प्रदान गर्ने विषय कम्पनीको लागि निकै नै चुनौतिपूर्ण रहेको छ ।  यी चुनौतीहरु पार गर्दै आफ्नो गन्तव्य तर्फ अघि बढ्न कम्पनी प्रतिवद्ध रहेको छ ।

 भावी कार्यदिशा र गन्तव्य 

 प्रष्ट गन्तव्य, लक्ष्य र मार्गचित्र सहितको कम्पनीको चार वर्र्षे रणनीतिक योजना हाल कार्यान्वयनको दोश्रो वर्षमा रहेको छ । यस रणनीतिक योजनाले वित्तीय संस्थाको हैसियतमा वित्तीय स्रोत परिचालन र लगानी प्रवद्र्धलाई कम्पनीको प्रमुख कार्यदिशाको रुपमा अङ्गालेको छ । तदनुरुप दिगो उर्जाका लागि लगानी मुल नाराका साथ कम्पनीका गतिविधि अघि बढिरहेको सन्दर्भमा कम्पनीको अवको मार्गचित्र प्रष्ट छ ।

 वलियो कानूनी आधारसीला सहितको संरचनागत सुधार विना कम्पनीको रणनीति लक्ष पुरा हुन कठिन छ । यसै सन्दर्भमा आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट वक्तव्यमा “हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पूनरसंरचना गरी प्रभावकारी बनाउने” विषय समावेश छ । सरकारले अघि बढाएको नीतिगत एवम् संरचनागत सूधारका योजनालाई कार्यान्वयन गरी आफ्नो जिम्मेवारी र भूमिकालाई अझ सशक्त बनाउन कम्पनी प्रतिवद्ध छ । यसका लागि कम्पनीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रावधान बमोजिम उर्जा क्षेत्रमा लगानी गर्ने पूर्वाधार बैंकको रुपमा रुपान्तरण गर्ने प्रकृया अघि बढाउनु पर्ने आवश्यकता रहेको छ । आगामी आर्थिक वर्षमा यस विषयमा सार्थक प्रयास गरिनेछ ।

 लगानी विस्तारका लागि सार्वजनिक क्षेत्रका नेपाल विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनी, राष्ट्रिय प्रशारण ग्रीड कम्पनी, चिलिमे जलविद्युत कम्पनी एवम् निजी क्षेत्रको स्वतन्त्र उर्जा उत्पादक संघसँगको साझेदारीलाई अझ मजवुद् बनाईने छ ।  आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत नेपाल सरकारले रेमिट्यान्स वण्ड, पूर्वाधार कोष, मिश्रीत लगानी योजना, भायाविलिटि ग्याप फण्डिङ्ग, हाईव्रिड एन्यूटि मोडल, उर्जा वण्ड, हरित वण्ड आदि नविन वित्तीय उपरकणको प्रयोग गरी आन्तरिक एवम् वाह्य क्षेत्रबाट लगानीयोग्य पूँजी जुटाउन प्रोत्साहित गरेको छ । यस प्रावधान बमोजिम उपयूक्त वित्तीय उपकरणको विकास गरी वित्तीय स्रोत परिचालन तर्फ अवको हाम्रो ध्यान केन्द्रीत हुनेछ । यसका लागि खासगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग निकटतम रहेर गृहकार्य गरिनेछ ।

अन्तरनिहित जोखिम र सतर्कता

लगानीको दृष्टिकोणबाट जलविद्युत आयोजनाहरु अन्य आयोजना भन्दा विशिष्ट प्रकृतिका र तुलनात्मक रुपमा बढी जोखिमयुक्त हुन्छन् । भौगर्भिक र जलप्रवाह सम्बन्धी अनिश्चितता, वातावरणको दृष्टिकोणबाट बढी सम्वेदनशील, मौसम परिवर्तन र प्राकृतिक प्रकोपको अधिक प्रभाव, लामो निर्माण अवधि र लगानी फिर्ता अवधि, ठूलो परिमाणको लगानीको आवश्यकता, जटिल परियोजना व्यवस्थापन, निर्माण अवधि र लागतमा अनिश्चितता आदि जलविद्युत आयोजनाको विशिष्टीकृत विशेषता हुन् ।

लगानी प्रक्रियामा आयोजनाको छनौटमा सतर्कता, विश्वसनीय परियोजना विश्लेषण पद्धतिको अवलम्बन एवम् प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट त्यस्तो जोखिम न्यूनीकरण गर्न हामी सतर्क छौं ।

 प्रतिद्धता

उल्लिखित रणनीतिक लक्ष्य प्राप्तिका लागि संस्थागत एवम् संरचनागत रूपान्तरण, रणनीतिक साझेदारीको विकास, दिगो एवम् भरपर्दो वित्तीय स्रोतको परिचालन, सुरक्षित र सन्तुलित लगानी व्यवस्थापन एवम् संस्थागत क्षमता अभिवृद्धि र सुशासनको प्रवद्र्धन आदि जस्ता रणनीतिक सुधारका कार्यलाई निरन्तरता दिंदै लगानीकर्तालाई उपयुक्त प्रतिफल प्रदान गर्न सदैव क्रियाशील रहने प्रतिवद्ध छ ।

संस्था भित्रको असल कार्यसंस्कृति, सहभागितामा आधारित व्यवस्थापन पद्धति, संस्था प्रति निष्ठावान एवम् उत्प्रेरित जनशक्तिको विकास, सलव संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली, प्रविधिमा आधारित कार्य प्रणाली नै सवल र विश्वसनीय संस्थाका परिचय हुन । यस तर्फ कम्पनी प्रतिवद्ध रहेको छ ।

अपेक्षा

 तालुक मन्त्रालय र माननीय मन्त्रीज्यूको नीतिगत मार्गदर्शन, नेपाल सरकारका विभिन्न निकाय र प्रवद्र्धक संस्थाहरूको सहयोग एवम् सहजीकरण, सञ्चालक समितिको सवल नेतृत्व र अभिभावकत्व, सर्वसाधारण लगानीकर्ता, सञ्चार जगत तथा अन्य सरोकारवालाको शुभेक्षा र रचनात्मक पृष्ठपोषण एवम् सम्पूर्ण कर्मचारीको सामूहिक क्रियाशीलता नै हाम्रो लक्ष्य प्राप्तिका प्रमुख आधार हुन ।

(हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  गौतमबाट प्रस्तुत एचआइडीसीएल कम्पनीको वर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धी मन्तव्यको सम्पादित अंश )


Read Previous

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा

Read Next

एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *