Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पञ्चेश्वरको डिपीआर तीन महिनाभित्रै तयार पार्ने सहमति


काठमाडौं । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी)को आठौं बैठकले तीन महिनाभित्रै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) लाई अन्तिम दिन दिने सहमति भएको छ ।२८ बर्ष अघिनै दुई देशबीच ६ महिनाभित्र तथा त्यसपछिका दुई देशका संयन्त्रहरुको बैठकमा पटक पटक ६/३ महिना हुँदै हालसम्म पूरा गर्न नसकेको डीपीआर साढे तीन बर्षपछि बसेको बैठकले पुनः ३ महिनाभित्र अन्तिम रुप दिने निर्णय गरेको हो । गत विहीबार र शुक्रबार पोखरामा बसेको गर्भर्निङ बडीको बैठकले प्रतिवेदनको कार्यान्वयनमा सघाउ पु-याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह ( टिम अफ एक्सपर्ट्स/अफिसियल) को म्याद ६ महिना थप गर्ने निणर्य गरेको छ ।

नेपाल सरकारको तर्फबाट सञ्चालक समितिको सह-अध्यक्ष तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको तर्फबाट सञ्चालक समितिको सह-अध्यक्ष तथा जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले संयुक्त रुपमा बैठकको अध्यक्षता गरेका थिए ।

ऊर्जा जलस्रोत तथा सिँचाई पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संम्हालेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले तीन महिनाभित्र हालै भारतमा दुई देशबीचको प्रधानमन्त्रीसँग भएको औपचारिक भ्रमणमा भएको छलफल र समझदारीपछि तत्काल बैठक गरेर तीन महिनाभित्र डीपीआरलाई अन्तिम रुप दिने गरी निर्णय गरिएको जानकारी दिए । ‘अहिले पनि पञ्चेश्वरको डीपीआरलाई अन्तिम रुप दिनका लागि विज्ञहरुसँगको छलफल चलिरहेको छ, छिट्टै दुई देशका विज्ञहरु समेत राखेर यसलाई अन्तिम रुप दिने गरी अघि बढेका छौं,’ उनले भने ।

बैठकले पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यहरुलाई प्राधिकरणको प्रमुख कार्यालय, महेन्द्रनगरमा एक महिनाभित्र खटाउने सहमति भएको छ । त्यसैगरी बैठकले विज्ञ समूहको चौथौं बैठक आगामी दश दिनभित्र आयोजना गर्ने निणर्य पनि गरेको छ । बैठकले आर्थिक वर्ष सन् २०१९,२०२०, २०२१ र २०२२ को बजेट अनुमोदन तथा आर्थिक वर्ष २०२३ को बजेट समेत स्वीकृत गर्ने निणर्य गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालसालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत आयोजना प्रतिवेदनलाई टुङ्गो लगाउने दुई देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न सो बैठक बसेको हो ।


Read Previous

माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन गर्न अदालतको कारण ढिलाई भएको साढे ७ महिना समय थप

Read Next

इप्पानको ऊर्जा विकासमा सहजीकरण गर्न माग, ओलीले भने, ‘समाधान गर्न प्रयास गर्छु’

Leave a Reply

Your email address will not be published.