Nepal Purbadhar

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

अरुण रजौरियाको अध्यक्षतामा एनएचएमा नयाँ कार्यसमिति


काठमाडौं । नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) को २१औं वार्षिक साधारणसभाले इन्जिनियर अरुण रजौरियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार भएकाे साधारणसभाले २ वर्षका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष मनोहर श्रेष्ठ, महासचिव निर्मला लामा, सचिव नारायणहरि रिजाल, कोषाध्यक्षमा अमिता पाण्डे रहेका छन् । यस्तै, सदस्यहरूमा सम्झना चुस्यावाग, प्रतिमा श्रेष्ठ, वरदान डाँगी, नसिबमान सिंह प्रधान, वसन्त श्रेष्ठ र कृष्णबहादुर कुमाल चुनिएका छन् ।

अध्यक्ष रजौरिया अहिले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को उपमहानिर्देशकको जिम्मेवारीमा छन् । उनले एनएचए नीति निर्माण तहमा काम गर्ने संस्था भएको हुँदा भविष्यमा त्यही काममा केन्द्रित हुने बताए ।


Read Previous

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्पन्न, डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता वृद्धिमा जोड

Read Next

पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *