Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

इपानलाई सबैको अविभावक संस्थाको आभाष हुने गरी रुपान्तरणकारी काम गर्नेछु: तारा सुब्बा


काठमाडौं । करिब डेढ दशकदेखि नेपालको जलविद्युत र जलविद्युतसँग सम्बन्धित क्षेत्रमा संलग्न रहेका तारा सुब्बाले बिहीबार (जेठ ३२ गते) हुने स्वतन्त ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कार्यकारी सदस्य पदमा इन्जिनियर किरण मल्लको प्यानलबाट आफनो उमेद्वारी दर्ता गराएका छन् । इपान कोसी प्रदेशको कार्यकारी समितिमा एक कार्यकाल काम गरिसकेका उनले मंगलबार सदस्य पदका लागि उमेद्वारी दर्ता गराएका हुन् ।

ऊर्जा उद्यमीहरूको हित तथा सफलताको लागि गुणस्तरिय एवं अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिहरू परिचित गराउँदै आएका सुब्बाले आगामी दिनमा पनि स्वतन्त्र ऊर्जा उत्पादकहरूको हक हित, आमुल परिवर्तन तथा समृद्धिका लागि पूर्ण समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कार्यसमितिको जिम्मेवारी पाउँदा आफ्नो ऊर्जावान भूमिका निष्ठापूर्वक निर्वाह गरी इपानलाई सम्पूर्ण ऊर्जा उद्यमीहरूको साँचो अविभावक भएको अभाष गराउने गरी काम गर्ने पतिबद्धता पनि व्यक्त गरेका छन ।

स्नोफल हाइड्रोपावर प्रालिको कार्यकारी प्रमुख तथा सञ्चालक एवं विभिन्न जलविद्युत आयोजनाहरूमा पनि आवद्ध रहेका सुब्बाले आफु विजयी भए दुई प्रत्यसी अध्यक्षहरूका राम्रा प्रतिबद्धताहरूका साथै निम्न कार्यहरू पूर्णरूपमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

१. इपान टास्क फोर्सः ऊर्जा उद्यमीहरूले विभिन्न निकायहरूमा धेरै समस्या भोग्दै आइरहेका छन् । ती विद्यमान समस्याहरूको समाधानको निमित्त सम्बन्धित निकाय र आवश्यकता अनुसार फिल्डमै पुगेर वस्तु स्थिति बुझि समन्न्वयनकारी भूमिका खेली समस्या समाधान गर्ने गरी यो टास्क फोर्स बनाएर काम गर्न पहल गर्नेछु ।

यो विभागले ऊर्जा क्षेत्रले व्याहोरिरहेका सबै प्रकारका समस्याहरूको पहिचान गरी, प्राथमिकताको आधारमा तीनको दीर्घकालीन निदानका निमित्त एक्सन प्लान बनाई आवश्यकता बमोजिम सम्बन्धित निकायमा निरन्तर गई दबाब र फलोअप गर्न भूमिका खेल्नेछु ।
२. इपान एक्वीटी फण्डः इपान एक्वीटी फण्डको स्थापना गरी आवश्यकतामा परेका आयोजनाहरूमा स्वपूँजी लगानी गरी आयोजनाहरूलाई सफल र सबल बनाउन सक्रियता देखाउने छु ।

३. इपान इनर्जी मिक्स स्टोरेज आयोजनाको निर्माणः इनर्जी मिक्स कन्सेप्टको अवधारणा बमोजिम सम्पूर्ण ऊर्जा उद्यमी कर्मचारी तथा संस्थाहरूको व्यापक सहभागितामा इपान आफैँले स्टोरेज आयोजना, सोलार पावर, विन्ड वावर र फ्लाइह्विल स्टोरेज आयोजनाको विकास एवं प्रवर्द्धन गरी इपानलाई आर्थिक आत्मनिर्भर र सेल्फ सफिसिएन्ट बनाइन भूमिका खेल्नेछु । इपान आर्थिक आत्मनिर्भर भएपछि सदस्यता शुल्कलाई लगानीमा परिणत गर्न सक्रियता देखाउनेछु ।

४. विद्युत खपत तथा व्यापार प्रवर्द्धनः विद्युतको आन्तरिक खपत वृद्धि गर्ने नीति राज्य र निजी क्षेत्र दुवैले अवलम्बन नगरेसम्म लगानी सुरक्षित नहुने भएकोले ऊर्जा खपत बढाउने कार्यक्रम ल्याउन सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरूलाई दवाव सृजना गरिनेछ । साथै, दिर्घकालिन अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा व्यापार छिमेकी राष्ट्रहरू भारत, बंगलादेश हुँदै मलेशिया र सिंगापुरसम्म विस्तार गर्न सकिने सम्भावनाबारे पनि छलफल तथा बहसका कार्यक्रमहरू गर्न पहल गर्नेछु ।


Read Previous

इपानमा मेराे प्राथमिकता वन र वातावरणकाे कानूनी प्रक्रियाका मुद्दाः बश्याल

Read Next

इपानमा युवाको प्रतिनिधित्व हुनुपर्ने देखेर उमेद्वारी दिएको हुँ: पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *