Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

मध्यकालीन विद्युत व्यापार सम्झौतामार्फत पहिलोपटक दुई सय मेगावाट निर्यात, ४५२ मेगावाटको नवीकरण


काठमाडौं । मध्यकालीन विद्युत व्यापार सम्झौता (पीटीए) मार्फत नेपालले भारतलाई दुई सय मेगावाट बिजुली बेच्ने सम्झौता भएको छ ।

नेपाल र भारतबीच पहिलोपटक २ सय मेगावाट बराबरका पाँच आयोजनासँग बिजुली बेच्ने गरी यस्तो सम्झौता भएको हो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत एके विश्वबीच हालै मध्यकालीन रुपमा विद्युत व्यापारका लागि सम्झौतामा हस्ताक्षर भएको थियो ।

हाल नेपाल विद्युत प्राधिकरणले बर्षाको समयमा प्रत्येक १५ मिनेटमा प्रतिष्पर्धा गरी खुल्ला बजारमा विद्युत निर्यात गर्दै आईरहेको थियो । अब भने दुई सय मेगावाट थप बिजुली मध्यकालीन पीटीएमार्फत पाँच बर्ष प्राधिकरणले भारतलाई बेच्नेछ । सम्झौतामा हस्ताक्षर भैसकेकोले यसका लागि भारतबाट थप स्वीकृतिका लागि पहल अघि बढेको छ ।

विद्युत प्राधिकरणका अनुसार, तत्कालका लागि साहस ऊर्जा लिमीटेडद्धारा उत्पादित सोलखोला (दुधकोशी) को ८३.४२ मेगावाट, माउण्टेन इनर्जी नेपाल लिमीटेडेको ४०.७४ मेगावाटको मिस्त्री खोला, बलेफी जलविद्युत लिमीटेडेको ३४.९२ मेगावाट बराबरको अपर बलेफी ए, नुम्बुर हिमालय हाइड्रोको २८.१७ मेगावाटको लिखुखोला एक र शिवश्री हाइड्रोपावर लिमीटेडको १२.७५ मेगावाट अपर चाकु खोला आयोजनाको विद्युत भारत निर्यातका लागि सम्झौता हुनेछ ।

यसैगरी गत बर्षामा विद्युत प्राधिकरणले खुल्ला बजारमा ४५२ मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । प्रत्येक १५ मिनेटमा प्रतिष्पर्धा गरी प्राधिकरणले सो बिजुली बेच्दै आएपनि यसको नवीकरण प्रत्येक बर्ष हुने गरेको छ । यस बर्षपनि भारतले ४५२ मेगावाटको नवीकरण गरेपछि खुल्ला बजारमा नेपालले ४५२ मेगावाटसम्म बिजुली बेच्ने वातावरण सिर्जना भएको छ ।

प्राधिकरणका अनुसार, त्रिशुलीको २३.२८ मेगावाट, देवीघाटको १४.५५ मेगावाट, मस्याङदीको ६७ मेगावाट, कालीगण्डकीको १४० मेगावाट, मिडिल मस्याङदीको ६८ मेगावाट, लिखु–४ को ५१ मेगावाट, चिलिमेको २१.४३ मेगावाट, २२.७९ मेगावाटको सोलुखोला, २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको लोअर मोदीको बिजुली भारतमा बेच्नका लागि नवीकरणसँगै बाटो खुलेको छ ।

विद्युत प्राधिकरणले माथिल्लो तामाकोशीसहित थप १ हजार ९ मेगावाटको बिजुली बेच्नका लागि भारतलाई प्रस्ताव गरेपनि स्वीकृति पाएको छैन । प्रत्येक १५ मिनेटमा प्रतिष्पर्धा गरी बिजुली बेच्दा मूल्यमा उत्तारचढाव हुने भएकोले विद्युत प्राधिकरणले पछिल्लो समयमा मध्कालीन र दीर्घकालीन पीटीएमा जोड दिँदै आएको छ तर भारतले दीर्घकालीन पीटीएका लागि हालै नेपालको प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा प्रारम्भिक मस्यौदामा समझदारी भने गरेको छ ।


Read Previous

पूर्वाधार परियोजनाको इआइए प्रतिवेदन बन्छन, कार्यान्वयन हुदैनन्

Read Next

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए

Leave a Reply

Your email address will not be published.