Nepal Purbadhar

पछिल्ला ४ वर्षको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयको बजेट सबैभन्दा न्यून


काठमाडौं । आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट निराशाजनक रहेको छ । किनकि पछिल्ला ४ वर्षकोभन्दा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट न्यून छ ।

चालु आर्थिक वर्ष (संसोधनअघि)को भन्दा ४४ अर्बले ७४ करोड रुपैयाँले न्यून बजेट विनियोजन भएको छ । संसोधनपछिको भन्दा पनि ३० अर्बले न्यून बजेट आगामी वर्षको लागि विनियोजन गरिएको छ ।

यति मात्र होइन, कुल संघीय बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको हिस्सा घट्दै गएको छ । यो क्रम पछि २ वर्षदेखि जारी छ । आर्थिक वर्ष २०७८÷७९ मा कुल बजेटको १०.१५ प्रतिशत बजेट भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजन गरिएको थियो ।

जबकि चालु आबमा कुल विनियोजित बजेटको ९.८३ प्रतिशत मात्र विनियोजन गरिएको छ । आगामी वर्षको लागि त्यसमा पनि अझै कटौती गरेर कुल बजेटको ७.५१ प्रतिशत मात्र बजेट विनियोजन गरिएको छ । पूर्वाधार क्षेत्रले अझै बढी प्राथमिकता पाउनुपर्ने भनेर महत्वका साथ हेरिएको बजेटमा त्यही सम्बन्धी मन्त्रालयको बजेट भने दयालाग्दो देखिएको छ ।

आर्थिक वर्षकुल बजेटमन्त्रालयको बजेटकुल बजेटमा मन्त्रालयको अंश
२०८०/८११७ खर्ब ५१ अर्ब ३१ करोड१ खर्ब ३१ अर्ब ५९ करोड७.५१
२०७९/८०१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख१ खर्ब ७६ अर्ब ३३ करोड ५८ लाख९.८३
२०७८/७९१६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख१ खर्ब ६७ अर्ब १८ करोड ९४ लाख१०.१५
२०७७/७८१४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख१ खर्ब ३८ अर्ब ८० करोड १७ लाख९.४१
२०७६/७७१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख१ खर्ब ६३ अर्ब ५२ करोड २२ लाख१०.६६

स्राेतः बजेट पुस्तिकाहरू

Facebook Comments

Read Previous

पर्यटन मन्त्रालयको बजेट १० अर्बले घट्यो

Read Next

यी हुन खारेज हुने र गाभिने सरकारी निकायहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar