काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ४४ अर्ब ७४ कराेड रूपैयाँले घटेको हो ।
चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पछि संसाेधन गरेर बजेटकाे आकार १ खर्व ६१ अर्ब ५६ करोडमा झारिएकाे थियाे । संसाेधित बजेटभन्दा चालु आवमा विनियाेजित बजेट भने ३० अर्ब रूपैयाँले कम हो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।
Tags: ३० अर्बले घट्यो #भौतिक पूर्वाधारको बजेट खुद्रे आयोजना हटाइयो सम्पन्न हुने आयोजनामा मात्रै बजेट #विनियोजन