Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकाल, गौतम र सापकोटाको नाम सिफारिस


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को कार्यकारी निर्देशक पदपूर्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकाल, डा.सूर्यकुमार सापकोटा र डा. किरण गौतमको नाम सिफारिस गरेको हो ।

सापकोटा केन्द्रकै निर्देशक हुन् । गौतम जल तथा ऊर्जा आयोगको सचिवालयकी उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) हुन्
वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम केन्द्रको कार्यकारी निर्देशक नियुक्तीका लागि प्रतिस्पर्धा आह्वान गरिएकोमा २१ जनाको आवेदन परेको थियो । २१ जना मध्येबाट प्रारम्भिक छनोटमा १४ जना परेका थिए ।

१४ आवेदक मध्येबाट मूल्यांकनपछि ३ जनाको नाम छनोट गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिफारिस समितिले बिहीबार निर्णय गरी उमेद्वारको योग्यता, अनुभव, व्यवसायिक कार्ययोजना सहितको प्रस्ताव मुल्याङ्कन तथा प्रस्तुतीकरण र अन्तर्वार्ताबाट प्राप्तांकको आधारमा उत्कृष्ट ३ मा परेका उनीहरूको नाम सिफारिस गरिएको हो ।

अब मन्त्रीपरिषदबाट उत्कृष्ट ३ मा छनोट भएका मध्येबाट एक जनालाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिनेछ । मधुसुधन अधिकारी आफ्नो कार्यकाल पूरा गरी विदा भएपछि केन्द्रको कार्यकारी निर्देशक पद रिक्त छ ।


Read Previous

वीरगन्ज महानगर पनि पाेलमा लत्रिएका अव्यवस्थित तार हटाउँदै

Read Next

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

Leave a Reply

Your email address will not be published.