Nepal Purbadhar

स्वच्छ र गुणस्तरीय कफीका लागि निर्देशिका अन्तिम चरणमा


काठमाडौं । ग्रिन कफी बिन र तयारी कफीको उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दा असल अभ्यासको आवश्यक मापदण्ड पुरा गरी विक्री वितरण तथा निर्यात गर्न, स्वच्छता र गुणस्तर कायम गर्न तथा निर्यात प्रवर्द्धन गर्न नेपाल सरकारले असल उत्पादन अभ्यास ( जिएमपी ) सम्बन्धी निर्देशिकालाई अन्तिम रूप दिंदैछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लागि युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को प्राविधिक सहयोगमा ‘स्वच्छ र गुणस्तारीय कफीको प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी निर्देशिका, २०७९’ को मस्यौदा तयार हुँदैछ ।
उक्त निर्देशिकाको लागि प्राविधिक पक्षको समीक्षा गर्ने तथा आवश्यक सल्लाह प्रदान गर्ने जिम्मेवारीका साथ गठन भएको प्राविधिक समितिले उक्त मस्यौदा निर्माणको लागि हाल सम्म भएका काम तथा अन्य कानुनसँग यसको सामन्जस्यताबारे बुधबार छलफल गरेको थियो ।

सन् २०२२ मार्चबाट सुरू भएको मस्यौदा निर्माणको प्रक्रियाका क्रममा कार्यदल निर्माण भइ उक्त कार्यदलले गत नोभेम्बर र जनवरीमा स्याङजा, कास्की तथा काभ्रेपलान्चोकका विभिन्न कफी फार्म तथा प्रसोधन केन्द्रहरूमा पुगी अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

उक्त निर्देशिकाले कफी प्रशोधनमा अपनाईने असल उत्पादन अभ्यासको सामान्य सिद्धान्त, कफीको गुणस्तर कायम गर्ने सम्बन्धी व्यवस्था , कफी प्रशोधनमा आधारभूत प्रावधानहरू ,कफी प्रशोधन तथा प्याकेजिङ्ग स्थल, तिनीहरूको बनावट र सुविधाहरू, ट्रेसिबिलिटी र अभिलेख सम्बन्धी व्यवस्था एवं प्रशोधन, प्याकेजिङ्ग, भण्डारण तथा ढुवानी सम्बन्धी व्यवस्थाका साथै असल उत्पादन अभ्यास प्रमाणीकरणबारेका असल अभ्यासहरूलाई समेटेको छ ।

उक्त निर्देशिकाको लागू भए पछि गुणस्तरको सुनिश्चितताका कारण नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धी बनाउन सहयोग पुग्ने विश्‍वास लिइएको छ ।

Facebook Comments

Read Previous

प्राधिकरणकाे विद्युत वितरण प्रणालीकाे चुहावट ७.९९ प्रतिशत

Read Next

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar