Nepal Purbadhar

गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा


काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा २५ फागुन २०७९ देखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान गर्नेछ ।

जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानको भाडा कायम गरेको छ ।

नेपाल स्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसार नै उडान शुरु गर्न लागिएको बताए । ‘हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका विचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्दै छौ’ उनले भने ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पु¥याउने विश्वा व्यक्त गरे ।

Facebook Comments

Read Previous

हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ देखि २६ गतेसम्म काठमाडाैंमा हुने

Read Next

माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar