Nepal Purbadhar

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु गरेको छ।

गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदलमार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो। पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ । बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ।

उक्त कार्य गाउँपालिकाले ६२ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

Facebook Comments

Read Previous

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

Read Next

विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन पर्यटन विभागको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar